काठमाडौं– शुक्रबार राति बाफलस्थित एक गार्मेन्टमा आगलागी भएको ठाउँबाट जलेको अवस्थामा मान्छेको खुट्टाको भाग फेला परेको छ।
जलेको अवस्थामा पैतालाको भाग भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी सीताराम रिजालले जानकारी दिए। पैतलाको भाग भेटिएपछि प्रहरीले थप अनुसन्धान प्रक्रिया अनुसन्धान अघि बढाएको छ।
शुक्रबार राति साढे ११ बजे बाफलस्थित नारायणी पेट्रोल पम्प पछाडि श्यामकृष्ण महर्जनको टिनले छाएको २ तल टहरा भाडामा लिएर निश्चल अग्रवाल बस्दै आएका थिए।
मकवानपुरका २७ वर्षीय अग्रवालले उक्त टहरामा बजरङ अल साइज सप प्रालि नामको गार्मेट सञ्चालन गरेका थिए । सोही गार्मेन्टमा आगलागी भएको थियो।
आगलागीबाट भौतिक क्षति भएको बताइएको थियो। शनिबार भने प्रहरीले डोजर लगाएर समानहरु निकाल्ने क्रममा मान्छेको जलेको भागको पैतला भेटिएको हो। दाहिने खुट्टाको पैतलाको जस्तो भाग भेटिएको प्रहरीले जनाएको छ। उक्त भाग जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।
सोही कारखानामा चालकको रुपमा बस्दै आएका दोलखाको भीमेश्वर नगरपालिका–८ का २० वर्षीय भुपेन्द्र बस्नेत भने हालसम्म सम्पर्कमा नरहेको पाइएको छ। उनी बेपत्ता भएका बस्नेत नै जलेको हुनसक्ने आशंका गरिएको छ।