काठमाडौं- सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो।
अधिवक्ता पदमबहादुर श्रेष्ठले राष्ट्रपति कार्यालय र सिंहदरबारको फोहोर नउठाउने भनी महानगरपालिका मेयर बालेन शाहको निर्णयलाई चुनौती दिँदै रिट दायर गरेका थिए।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केही दिनयता सिंहदरबारको फोहोर उठाउन बन्द गरेका थिए।