धनगढी- फोहोरमैला व्यवस्थापनमा मनोमानि शूल्क असुलिरहेको निजी कम्पनीलाई धनगढी उपमहानगरपालिकाले स्पष्टिकरण सोधेको छ।
स्वास्थ्यखबर डटकममा धनगढीमा फोहोर व्यवस्थापनका नाममा मनोमानी शूल्क असूली शिर्षकमा समाचार प्रकाशन भएपछि उपमहानगरपालिकाले विज्ञप्ति जारी गर्दै स्पष्टिकरण माग गरेको हो।
'यस धनगढी उपमहानगरपालिकाको आव ०७९/८० को लागि फोहरमैला व्यवस्थापन शुल्क संकलन गरिरहेको मातृभुमी संरक्षण प्राली चन्द्रागिरी काठमाडौले पट्टापूर्जी अनुसार तोकिएको दरमा शुल्क संकलन नगरी मनोमानी तवरले तोकिएको भन्दा बढी शुल्क संकलन गरेको जन गुनासो आए पश्चात् उक्त संस्थालाई २४ घण्टा भित्र यस बिषय संग सम्बन्धीत सम्पूर्ण कागजा सहित स्पस्टिकरण पेश गर्न हुन पत्राचार गरिएको सबैमा जानकारी गरिन्छ' स्पष्टिकरणमा भनिएको छ।