काठमाडौं- चिटिक्क मिलेको कपाल सुन्दरताको प्रतीक हो। कपालको स्याहार सुसार गरियो भने मात्र यसमा देखिने समस्या न्युनीकरण हुन्छन्। कपाल झर्ने, हाँगा फाटने, कपाल चाडो नबढ्नेजस्ता समस्या झेलिरहनुपरेको छ भने त झन् कपालप्रति अझ बढी ध्यान पुर्याउनु पर्छ। दिन प्रतिदिन प्रदूषित बन्दै गएको वातावरणबाट कपाललाई बचाउन हामीले निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ।
साधारण कपालका लागि
– अण्डाको पँहेलो भाग लगाएर नुहाउने।
– हप्तामा एकपटक मनतातो तेलले मसाज गरी नुहाउने, यसले गर्दा कपालमा हाँगा फाट्न पाउदैन।
– क्रिमयुक्त दहीको प्रयोग गर्ने, कपाललाई अनुकुल स्याम्पुको प्रयोग गर्ने।
– प्राय ट्रिटमेन्ट गरिरहने, अण्डा, फलफूल, हरियो सागपात खाने , पानी बढी पिउने।
सुख्खा कपालका लागि
–यस्तो कपाललाई घामबाट जोगाउने, कम्तीमा महिनाको एकपटक स्ट्रिम गरी हाँगा काट्ने।
– मेथीको पेष्ट बनाएर कपालमा लगाइरहने। नुहाउनुअघि कपालमा आयल मसाज गर्ने, जसले सुख्खा कपाललाई सिल्की र वेटी बनाएर झर्न बाट बचाउछ।
– जथाभावी मेहन्दी र रंग प्रयोग नगर्ने। दही, ओलिभ तेल र सिकाकाई मिसाएर बनाएको पेष्ट कपालमा लगाएर नुहाउने गरेमा कपाल स्वस्थ र आर्कषक देखिन्छ।
– हर्बल स्याम्पुको प्रयोग गर्ने।
चिल्लो प्रकारका कपालका लागि
– ओयली हेयर स्याम्पुको प्रयोग गर्ने, सकेसम्म कपालमा तेल नै नलगाउने, लगाउनै परेका हल्का मात्रामा लगाउने।
– कपालको जरामा कागतीको रस १५ मिनेट राखेर पखाल्ने।
– कागतीको रस, अमलाको पाउडर र हर्बल मेहन्दीको पेष्ट बनाएर २० मिनेट कपालमा लगाएर पखाल्ने। यसो गर्दा कपालमा आउने चिल्लोपना कम हुने गर्छ र कपाल स्वस्थ पनि हुन्छ।
– नीमको पातको पेष्ट हप्तामा कम्तीमा एकपटक प्रयोग गर्ने।
-(ब्यूटीसीयनहरुको सहयोगमा)