काठमाडौं-नेपाल फार्मास्युटिकल्स एशोसिएसनको महासचिव पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।
यही फागुन २० गते हुन लागेको एशोसिएसनको निर्वाचनका लागि धिरज रौनियार र सञ्जिव कट्टेलको उम्मेदवारी परेको हो। चुनावको दिन नजिकिदै गर्दा उम्मेदवारहरु भोट तान्न जुटिरहेका छन्। विभिन्न अजेण्डासहित उनीहरु मतदातालाई रिझाउँदै छन्।
महासचिवका उम्मेदवार रौनियार र कट्टेललाई तपाईको उम्मेदवारी किन? एजेण्डाहरु के के छन्? भनी हामीले प्रश्न गरेका छौँ :
‘पुरानोलाई हेर्यौँ धेरै पटक नयाँलाई हेरौँ यस पटक’: धिरज रौनियार
नेपाल फार्मास्युटिकल्स एसोसिएसनको निर्वाचन फागुन २० गते हुँदैछ। हाम्रो समूहको नाम डा रोभस टिम राखेका छौँ। यो टिमबाट १३ जना उम्मेदवार भई प्रतिष्पर्धा गर्दैछौ। जसमा मैले महासचिवमा उम्मेदवारी दिएको छु। मुख्यगरी मेरो पाँच वटा एजेण्डाहरु छन्। संस्थापन पक्ष जसको कार्यकाल सन् २०१६ देखि १९ सम्मको कार्यकाल थियो। आज २०२३ सम्ममा उहाँहरुले गरेका धेरै कामहरु होलान्। तर कामहरु स्पष्ट रुपमा देखिएनन्।
त्यसैले मैले ‘पुरानोलाई हेर्यौँ धेरै पटक नयाँलाई हेरौँ यस पटक’ भन्ने नारालाई अघि सारेको छु। हाम्रो नेतृत्वलाई एक पटक हेर्यौँ। नयाँ टिम छौँ। जोश र उर्जाका साथ आएका छौँ। मेरो पाँच वटा अजेण्डाहरु निम्न प्रकारका छन्
१. नीतिगत सुधार, समय सापेक्ष संशोधन, विकेन्द्रिकृत स्वास्थ्य प्रणाली (केन्द्र, प्रदेश तथा स्थानीय तह) मा फार्मेसी पेशाको अवधारणा निर्माण तथा यथोचित कार्यान्वयन गर्न सरोकारवाला निकायसँग समन्वय गर्ने। जहाँ औषधि त्यहाँ फर्मासिस्टहरुको सहभागिता व्यवहारमै स्थापित गर्ने
२. फार्मेसी पेशाको उथान, सवलीकरण र दीर्घकालीन स्थायित्व गर्न संस्था बलियो हुनुपर्ने सिद्धान्तलाई अवलम्बन गरिने।
३. पेशागत सुरक्षा र आन्तरिक व्यावसायिक सम्बन्ध। जस्तै औषधि उद्योग, शैक्षिक क्षेत्र, अस्पताल तथा सामुदायिक फार्मेसी लगायतमा कायम गरिने।
४. फार्मेसीको व्यावसायिक विकास गर्न जिम्मेवार निकाय र सरोकारवालाहरु बीच सहकार्य, सह–अस्तित्व र समन्वय गरी अघि बढ्ने
५.फार्मेसी पेशाको व्यावसायिकलाई आम जनताको पहुँचमा पु¥याउन, सेवाको स्तर थप सुदृढ गर्दै पेशालाई उच्च विधाको रुपमा स्थापित गरिने।
यही पाँच एजेण्डा सहित मैले महासचिवमा उम्मेदवारी दिएको छु। त्यसैले हाम्रो टिमलाई बहुमुतका साथ विजयी गराउन सबैमा आग्रह पनि गर्दछु।
फार्मेसी पेशा र फार्मासिस्टको हक हितका लागि बोल्छु: सञ्जिव कट्टेल
नेपाल फार्मास्युटिकल्स एशोसिएसन फार्मेसी पेशाको आधिकारिक संस्था हो। फार्मेसी पेशा भित्र पनि फरक क्षेत्रमा काम गर्नेहरु हुनु हुन्छ। शैक्षिक, उद्योग, बजार, अस्पताल, क्लिनीकल लगायत धेरै क्षेत्रमा काम गर्ने फार्मासिस्टहरु हुनु हुन्छ। उहाँहरु सबैको आम मञ्च भनेको एनपीए हो। जसले सबैको आवाजलाई उठाउँछ। व्यावसायिक संस्थाको नाताले हामी सधै दक्ष हुनुपर्छ। बिरामीलाई सेवा दिन आफैँ दक्ष भएनौ भने हामीले राम्रो सेवा दिन सक्दैनौँ।
विगतमा पनि प्रसार सचिव भएर काम गर्दा हामीले विभिन्न कामहरु ग¥यौँ। फार्मासिस्टहरुको प्राविधिक क्षमता वृद्धि भएको छ। पेशागत हक हितको लागि पनि हामी लडिरहेका छौँ। कुनै फार्मासिस्टलाई बिना जानकारी जागिरबाट निकालिन्छ, उनीहरुले पाउने सेवा सुविधाबाट बञ्चित गराईन्छ भने उहाँहरुको हक हितको लागि यो संस्थाले बोल्दिने हो। एउटा व्यक्ति विशेषले बोल्दा संस्था विरुद्ध बोल्दै गर्दा संस्था नै चाहिन्छ।
विगतको भन्दा हामीले फरक विधा ल्याएका छौँ। विगतको केन्द्रिकृतको व्यवस्थालाई हामीले विकेन्द्रिकरण गरेका छौँ। सात वटा विभिन्न प्रदेशमा प्रादेशिक एनपीएको अवधारणा अघि सारेका छौँ। त्यो प्रादेशिक एनपीएबाट विभिन्न किसिमको गतिविधि औषधि सम्बन्धी हुन्छन्। यो नयाँ कार्यसमितिको आएको ६ महिनाभित्र हामी प्रादेशिक कार्यसमिति गठन गर्छौ। यो विधानले ६ वटा विभिन्न विषयगत समूहहरुलाई पनि संलग्न गरेको छ। अघि मैले भनेका विभिन्न क्षेत्रका एक÷एक जना संयोजक नियुक्त गर्दछ। र, यी संयोजकहरुले आ–आफ्नो क्षेत्रमा समस्या समाधान गर्ने, गुनासो सुन्ने काम गर्छ।
यो एनपीए विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग पनि जोडिएको छ। हामीले आफ्नो समस्या, अनुभव देशभित्र मात्र नरही विदेशमा पनि साटासाट गर्न सक्छौ। अर्को महत्वपूर्ण पक्ष भनेको देशको नीतिगत तहमा हाम्रो उपस्थिति कत्तिको छ त ? औषधिको उत्पादनदेखि बिरामीले खाउन्जेलसम्मको हरेक चरणमा फार्मासिस्टको महत्व छ। देशमा यो सम्बन्धी कति नियम कानून बनेका छन् ? कतिको संशोधन गर्नुपर्ने छन् ? कति वटा संस्थाहरु परिमार्जन गर्नुपर्ने छन् ? लगायत पक्षका लागि एनपीएले काम गर्न सक्छ।
हिजो कुनै न कुनै रुपले हामी गोलवद्ध हुन सकेका थिएनौ। एउटा विधानको प्रतिवन्ध थियो। त्यो प्रतिवन्ध आज हामीमा छैन। भोलिको दिनमा नयाँ विधानका साथ नयाँ साथीहरु थपिनु भएको छ। हाम्रो सदस्यता पनि सुरुको भन्दा चार पाँच गुणाले बढेको छ। सबै उम्मेदवारहरु फार्मेसी पेशालाई माथि लैजाने योजना र चाहना छ। त्यो मध्ये पनि एक हुँ। मसँग पनि जोश जाँगर छन्। मेरो टिममा सबै क्षेत्रको विज्ञहरु हुनु हुन्छ। मैले जति पनि भनेका कुराहरु छन्, त्यसलाई आगामी दिनमा सम्बोधन गर्दै फार्मेसी पेशालाई उच्चतम कोटीमा पुर्याउन हामी कटिवद्ध छौँ।