काठमाडौं– ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका सांसद चन्द्र भण्डारीलाई भारतको मुम्बई लैजाने तयारी थालिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले मुम्बईमा रहेको नेशनल बर्न्स सेन्टरमा लैजाने तयारी भएको जानकारी दिएका हुन्।
किर्तीपुरस्थित बर्न अस्पतालमा उपचाररत उनलाई थप उपचारका लागि उक्त अस्पतालमा लैजानेगरी छलफल गरिएको मन्त्री गिरीले बताए। मन्त्री गिरीको सचिवालयका अनुसार मुम्बईको एरोलीस्थित नेशनल बर्न सेन्टरमा कुरा भइसकेको छ।
उक्त अस्पतालका विशेषज्ञ डाक्टर सुनिल मनोहर केशवानीसँग कुरा भएको बताइएको छ।