काठमाडौं- खाना पकाउने (एलपी) ग्यासको सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनको आमालाई देशबाहिरको सुविधासम्पन्न अस्पतालमा उपचारका लागि लैजान सिफारिस गरिएको छ। कीर्तिपुर अस्पतालले दुवै जनालाई देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरेको हो।
'हालको स्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ,' अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विज्ञप्ति अनुसार सांसद भण्डार र उनकी आमाको प्रारम्भिक उपचारपछि जलन सघन उपचार कक्षमा उपचार हुँदैछ।
'भण्डारीको अनुहार, दबै हात र दुबै गोडामा २५ देखि ३० प्रतिशत र आमाको जीउको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुबै जनाको स्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ,' विज्ञप्तिमा भनिएको छ।
हेरौं विज्ञप्ति