काठमाडौं- जर्मनी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई कोभिड–१९ विरुद्धको १५ लाख डोज भ्याक्सिन दिने भएको छ।
बुधबार नेपालका लागि जर्मनी राजदुत डा थ्रोमास प्रिन्सले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई तीन लाख ४५ हजार मात्रा खोप हस्तान्तरण गरे। बाँकी खोप एक साताभित्र आइपुग्ने छ।
राजदुत डा प्रिन्सले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए। उनले आफूहरुले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गर्दै प्राप्तखोप राम्रो ठाउँमा पुग्नेमा आफू ढुक्क रहेको बताए।
मन्त्री गिरीले खोप लक्षित वर्ग तथा जेष्ठनागरीकमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। ‘हामी जेष्ठ नागरिकलाई प्राथमिकता दिन्छौं,’ मन्त्री गिरीले भने। मन्त्री गिरीले भूकम्पको बेला जर्मनीले गरेको सहयोगको खुलेर प्रशंसा गरे।