काठमाडौं- चिकित्सकमाथि आक्रमणको विरोधमा देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको निर्ओय फिर्ता लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
राष्ट्रिय ट्रमा सेन्टरका डा जनिथलाल सिंह माथि शुक्रबार प्रहरीले लाठि चार्ज गरेको विरोधमा संघले आइतबार देशभरका स्वास्थ्य सेवा प्रदायक संस्थाहरु बन्दको आव्हान गरेको छ। संघको उक्त निर्णय फिर्ता लिन मन्त्रालयले शनिबार राती सार्वजनिक आह्वान गरेको हो।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शनिबार राती जारी गरेको विज्ञप्तिमा अस्पताल बन्द गर्ने निर्णयबाट पछि हट्न नेपाल चिकित्सक संघसंग आग्रह गरिएको छ।
‘घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी छानविन गरिरहेको तथा घटनाको विषयमा थप छलफल गरी समस्याको समाधान गर्नका लागि बार्ता समिति गठन गर्ने र संघका विषयलाई सम्वाद मार्फत हल गर्ने प्रयास भइरहेको छ। स्वास्थ्य क्षेत्र जस्तो सम्वेदनशील विषयमा स्वास्थ्यकर्मीहरु थपि सम्वेदनशील बनेर उपचारका लागि आउने बिरामीलाई निर्वाध रुपमा सेवा गर्न समेत अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ।
हेरौं विज्ञप्ति