तीन चम्चा मह र एक चम्चा दालचिनीको धूलोको पेष्ट बनाएर राती सुत्ने बेलामा अनुहारमा लगाउनुहोस्। बिहान तातोपानीले धुनुहोस्। दुई हप्तासम्म लगाउने हो भने अनुहारमा चमक आउँछ र दागसमेत हट्छ।
मह र दालचिनीको उपयोगले प्रतिरक्षा प्रणालीलाई शक्तिशाली बनाउछ। रगतमा सेता रक्त कोषीकाको वृद्धि हुन्छ, जसले भाइरसको आक्रमणबाट शरीरलाई सुरक्षा प्रदान गर्छ। यसका साथै जीवणु र भाइरल बिमारीबाट पनि लड्ने क्षमता वृद्धि हुन्छ। दालचिनी र महलाई समान परिणाममा मिसाएर एक्जिमा, दाद भएको ठाउँमा लगाउदा निको हुन्छ।
यसैगरी मह र दालचिनीको धूलोलाई पेष्ट बनाएर रोटीसंग चोबेर खानुहोस्। घिउ या जामको रुपमा यसलाई उपयोग गर्न सकिन्छ। यसबाट धमनीमा कोलस्टेरोल जम्मा हुन पाउदैंन र हृदयाघातबाट बच्न सकिन्छ। जसलाई एकपटक हृदयाघात भैसकेको छ, यो तरिकाबाट उपचार गर्दा अर्कोपटकको हृदयाघातबाट बच्न सकिन्छ। यसलाई नियमित उपयोग गरियो भने चाँडो–चाँँडो श्वास लिने समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ।
मूत्रथैलीको संक्रमण भएमा दुई चम्चा दालचिनीको धुलो र एक चम्चा मह मिसाएर तातोपानीसंग खानाले मुत्रनली र मुत्राशयको संक्रमणमा फाइदा पुग्छ ।
कोलेस्टेरोलको मात्रा बढेको छ भने दुई चम्चा मह र तीन चिया चम्चा दालचिनीको धुलो मिसाएर आधा लिटर मनतातो पानीसंग खानुहोस्। यसबाट २ घण्टामै कोलेस्टेरोलको मात्रा १० प्रतिशत घट्छ।
मह र दालचिनीको धूलोको मिश्रण सेवन गरेमा पेट दुखाई र पेटको अल्सर ठीक हुन्छ। दालचिनी र महको प्रयोगले पेटको वायुको पनि समाधान हुन्छ।