काठमाडौं- ट्रमा सेन्टरमा कार्यरत डा जनिथ सिंहमाथि आक्रमण गर्ने प्रहरीलाई कारबाही नभएसम्म ट्रमा र वीर अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले सेवा नदिने भएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का आवासीय चिकित्सकहरुको संस्था रेजिडेन्टर एसोसिएसन अफ न्याम्सले विज्ञप्ति जारी गर्दै डा सिंहमाथि आक्रमण गर्ने प्रहरीलाई कारबाहीको माग गरेका हुन्।
'बिना गल्ती सांघातिक कुटपिट र गाली गलौज गर्ने प्रहरीहरुलाई तुरुन्त नियन्त्रणमा लिई सम्बन्धित सुरक्षा निकायबाट घटनाको जिम्मा लिई आवश्यक कानुनी कारबाही नहुँदासम्म र स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको प्रत्याभूति नहुँदासम्म हामी सम्पूर्ण आवासीय चिकित्सकहरु सेवामा संलग्न हुन नसक्ने व्यहोरा अनुरोध गर्दछौं' एसोसिएसनका अध्यक्ष डा शेषराज घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
हरौं विज्ञप्ति