काठमाडौं- नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आगामी चैत १७ र १८ गते हुने भएको छ। साथै विशेष परीक्षामा सहभागी हुनका लागि आवेदन खुल्ला गरिएको छ।
काउन्सिलले शुक्रबार सूचना जारी गरी विशेष परीक्षाका लागि अनलाइन आवेदन खुलाएको छ।
परीक्षामा सहभागी हुन इच्छुकले माघ २९ गतेदेखि फागुन २९ गतेसम्म आवेदन फारम बुझाउन आह्वान गरिएको छ। बिलम्बु शुल्क तिरेर थप २ दिन फागुन ३० र चैत १ गते पनि आवेदन बुझाउन सक्ने मेडिकल काउन्सिलले जानकारी दिएको छ।