काठमाडौं- नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा अनिलविक्रम कार्की विजयी भएका छन्। मंगलबार सम्पन्न मतगणना अनुसार एकजना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ।
कार्कीले अध्यक्षका अर्का उम्मेदवार प्रगतिशिल समूहका डा सन्तोष पौडेललाई १२१४ मतले पराजित गरे। कार्कीले ३५३७ मत पाए भने पौडेलले २३२३ मत पाए।
यस्तै महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा सन्जिब तिवारी विजयी भएका छन्। उनले डा अमृत भुसाललाई १३७७ मतले पराजित गरेका छन्। तिवारीले २९१८ मत पाएका छन् भने भुसालले १५४१ मत पाए। यस्तै अर्की उम्मेदवार रक्षा श्रेष्ठले १५०५ मत पाइन्।
कसले कति मत पाए?
अध्यक्ष
डा अनिलविक्रम कार्की-३५३७ (विजयी)
डा सन्तोष पौडेल-२३२३
डा शिवजी शिलवाल-२९०
महासचिव
डा सन्जिब तिवारी- २९१८ (विजयी)
डा अमृत भुसाल-१५४१
डा रक्षा श्रेष्ठ-१५०५
उपाध्यक्ष तथा मधेस प्रदेश संयोजक
डा निरज कुमार सिंह- ३०८१ (विजयी)
डा अजय कुमार मिश्र- ११२४
डा महेश महासेठ- १५७४
उपाध्यक्ष तथा बागमती प्रदेश संयोजक
डा प्रकाश बुढाथोकी-३५५३ (विजयी)
डा सञ्जय कुमार ठाकुर- २२१४
उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक
डा राजन शर्मा-३३२२ (विजयी)
डा विकास गौचन-२३९०
उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजक
डा प्रशान्त भट्ट-३३५९ (विजयी)
डा निरज अर्याल-२३०८
हेर्नुहोस सदस्यहरुले प्राप्त गरेको मत:
डा अमित रञ्जन मिश्र- ३१४८ (विजयी)
डा किशोर खत्री -२९६४ (विजयी)
डा तेज्सु सिंह मल्ल-३३२१ (विजयी)
डा सृजना विष्ट-३१७८ (विजयी)
डा स्मृती महत-२७२१ (विजयी)
डा युभिन कुमार यादव २७६८ (विजयी)
डा मनोर दिन शैय्यद -२१५५
डा चेतन बस्नेत -१४८५
डा अभियान गौतम-१९६६
डा मोहम्मद अनामुल हक-
डा पदम नेपाली दर्जी-२५६५
डा रमेश श्रेष्ठ-१६०३
डा रामकृष्ण आचार्य-१३७७
डा सुरेन्द्र यादव-१६६६