अछाम- जिल्लाको बयालपाटा अस्पतालमा अक्सिजन ल्पान्ट जडान भएको छ। अमेरिकन नेपाल मेडिकल एसोसियसनको सहयोगमा अस्पतालमा अक्जिन प्लान्ट जडान भएको हो।
करिब एक करोड भन्दा बढीको लागतमा जडान भएको प्लान्टले प्रतिमिनेट २५० लिटर अक्सिजन र ४० लिटरको १४ सिलिन्डर भर्न मिल्नेगरी अक्सिजन प्लान्ट सुरु भएको बयलापाटा अस्पतालले जनाएको छ।
अक्सिजनप्लान्ट सुरु भएपछि अछाम बाजुरा लगायत यस क्षेत्रका बिरामी तथा अन्य अस्पतालहरुलाई समेत सहजता हुने भएको छ। अन्य अस्पताल, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संघ संस्थाले अक्सिजन आवश्यक परे बयालपाटा अस्पतालमा आएर अक्सिजन भर्न सक्नेछन्।
एद दिनमा उक्त अक्सिजन उत्पादन र भर्नका लागि ३५ किलोवाट बिधुत खपत हुने प्लाण्ट जडान गर्ने कम्पनी मेडी अक्सी प्रालीका बायोमिडिकल इञ्जिनियर मदन भण्डारीले जानकारी दिए।
उक्त जडान भएको अक्सिजन प्लान्टको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ। साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले प्लान्टको उद्घाटन गरेकाा थिए।
अक्सिजन प्लान्ट सुरु भएकोमा खुसी व्यक्त गर्दै नगर प्रमुख कुवँरले यस क्षेत्रका जनतालाई अब सहजता हुने बताए। साथै उनले यसको दिगोपना र मर्मत सम्भारमा बिशेष खल गर्नुपर्नेमा जोड दिए।
अस्पताल सञ्चालक समिति गठन
बयालपाटा अस्पतालको सञ्चालक समिति गठन गरिएको छ। जिल्लाको साँफेबगर वडा नं. ७ मा रहेको ५० शय्याको अस्पतालको सञ्चालक समिति गठन गरिएको हो।
साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुवँर सञ्चालक समितिको अध्यक्ष चयन भएका छन्। जसको सदस्यहरुमा जिल्ला समन्वय समिति प्रमुख वा प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्लाअधिकारी वा अधिकृत स्तरको कर्मचारी, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना रहेका छन् ।
यस्तै बान्नीगढी जयगढ गाँउपालिका अध्यक्ष टेक बहादुर साँउद, मंगलसैन नगरपालिकाका नगर प्रमुख पदमबहादुर बोहरा, समाजसेवी महिलातर्फ गीता कुवँर, अस्पताल रहेको वडा नं ७ का अध्यक्ष हिक्मत कडायत सदस्य रहेका छन्।
यस्तै न्याय हेल्थ नेपालको तर्फबाट संस्थाका महासचिव एसपी कलौनी र डा अरुणा उप्रेती सञ्चालक समितिको सदस्य रहेका छन् भने सदस्य सचिवमा बयालपाटा अस्पताल प्रमुख डा मन्दीप पाठक रहेका छन्।
अस्पतालको नियमित सञ्चालन, सेवाको प्रकृती एवंम मापदण्ड निर्धारण, अस्पतालको स्तरोन्नति दिगो व्यावस्थापन, अनुगमन निरीक्षण लगायतका काम सञ्चालक समितीले गर्नेछ।