काठमाडौँ- कलाकारहरूको स्वास्थ्य उपचारमा काठमाडौं क्यान्सर सेन्टर, ताथलीले छुट दिने भएको छ। विश्व क्यान्सर दिवसका अवसरमा शनिबार सेन्टर र कलाकार संघ तथा चलचित्र विकास बोर्डबीच सम्झौता भएको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र पत्रकार प्रकाश सुवेदी र अन्य कलाकारहरुको सहभागितामा क्यान्सर सेन्टर र कलाकार संघबीच कलाकारहरुलाई उपचारमा छुट गर्ने सम्झौता भएको हो।
सेन्टरका अध्यक्ष डा. अन्जनीकुमार झाले कलाकारहरु राष्ट्रका गहना भएको र कुनै पनि कलाकार उपचारबाट वञ्चित हुन नहुने भन्दै आफूहरुले कलाकारलाई विशेष छुटमा उपचार गराउने प्रतिबद्धता जनाए।
यस्तै, सोही अवसरमा कलाकारहरुको नि:शुल्क स्वास्थ्य जाँच गरिएको छ।