काठमाडौं- नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि मतदान जारी छ। काठमाडौंमा शनिबारसम्म मतदान हुने छ। शुक्रबारको मतदानका क्रममा पूर्व राष्ट्रपति डा रामवरण यादवदेखि कांग्रेस नेताहरु डा शेखर कोइराला र डा सशांक कोइरालासम्मले मतदान गरेका छन्।
शुक्रबार दिउसो उनीहरु मतदानस्थल प्रज्ञा प्रतिष्ठानमा पुगेर मतदान गरेका हुन्। उनीहरु संघको आजिवन सदस्य हुन्।
शुक्रबार नै चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसी, डा भोला रिजाल लगायतले पनि मतदान गरेका छन्।
काठमाडौंमा बिहिबारदेखि मतदान सुरु भएको हो। मतदान शनिबार साँझ ५ बजेसम्म चल्ने छ। शुक्रबार ९८५ जनाले नयाँ नेतृत्वका लागि मतदान गरेका छन्। पहिलो दिन बिहीबार ५८९ जनाले गरे मतदान गरेका थिए।
यसअघि काठमाडौं उपत्यकाबाहिर ३ हजार ६५० मत खसेको थियो।