काठमाडौं- नेपाल चिकित्सक संघको उपत्यकामा भएको निर्वाचनको पहिलो दिन ५८९ मत खसेको छ। काठमाडौं उपत्यकामा बिहान १० देखि ५ बजेसम्म भएको संघको निर्वाचनमा ५८९ जनाले नयाँ नेतृत्वका लागि मतदान गरेका हुन्।
काठमाडौं उपत्यकामा बिहीबारदेखि सुरु भएको संघको निर्वाचन शुक्ररबार र शनिबार पनि हुनेछ। यसअघि माघ ६ र ७ गते काठमाडौं उपत्यका बाहिर निर्वाचन भएको थियो। १६ वटा निर्वाचन केन्द्रमा भएको चुनावमा कुल ३ हजार ६५० मत खसेको थियो।
अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षमा डा अनिलविक्रम कार्कीको लोकतान्त्रिक, डा सन्तोष पौडेलको प्रगतिशील र डा शिवजी सिलवालको स्वतन्त्र प्यानल बनाई चुनावी प्रतिस्पर्धा छन्। निर्वाचनमा कूल १२ हजार आठ सय ३४ जना छन्। यही माघ २१ गते मतदान सकिएपछि मतगणना हुनेछ।