काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका सवारी चालक गोकर्ण कार्कीले आत्मदाहको प्रयास गरेका छन्।
लामो समयदेखि प्रतिष्ठानमा सवारी चालकका रुपमा कार्यरत ४० वर्षीय कार्कीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका हुन्।
मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्दार गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले जानकारी दिए।
रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै उनले आत्मदाहको प्रयास गरेको बताइएको छ।