काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषदको कर्मचारी विनियमावली पास भएको छ। लामो समयदेखि अड्किएको फाइल अन्तत पास भएको हो। मन्त्रिपरिषदको पुस ३ गतेको बैठकले विनियमावली पास गरेको हो।
विनियमावली पास भएसँगै परिषदमा नयाँ कार्मचारी नियुक्तिदेखि कर्मचारीको बढुवा लगायतका काम अगाडि बढ्ने भएको छ।
२०७४ सालमा तयार पारिएको विनियमावलीको उक्त फाइल कहिले मन्त्रालयमा नै हराउने त कहिले परिषदकै दराजमा थन्किने गरेको थियो। लामो समयको प्रयासपछि विनियमावली पास भएको परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीले जानकारी दिए।
'फाइल कहिले हराउने कहिले भेटिने गरेको अवस्था थियो। अन्तत पास भएको छ। अब भने हामीलाई कम गर्न सहज हुने देखिएको छ,' उनले भने।
विनियमावलीमा परिषदमा हाल भइरहेको २३ जना स्थायी कर्मचारीको दरबन्दी संख्या बढाएर ७० पुर्याजउने उल्लेख छ। जसमा ११ औं तहका विशेषज्ञदेखि तल्लो तहका कर्मचारीसम्मको व्यवस्था छ। विनियमावली पास भएसँगै दरबन्दी अनुसार परिषदमा कर्मचारी नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ। यसक साथै कर्मचारीको बढुवा लगायतका काम पनि अगाडि बढ्ने छ।