काठमाडौं– आइतबार पोखरामा भएको यती एअरसाइन्सको विमान दुर्घटनामा भेटिएका ७० शवमध्ये २२ वटाको पोखरामै अनाखत भएको छ।
बाँकी ४८ शवमध्ये २५ वटा सेनाको वायुयानमार्फत् काठमाडौं ल्याइएको छ। २३ वटा शव भने दोस्रोपटकमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ।
एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले उक्त शवहरुको काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम हुने जानकारी दिएको छ।