काठमाडौं- आज (मंगलबार) दिउँसो १ बजे नयाँ मन्त्रीहरुको सपथ हुने भएको छ। सोमबार रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको संयन्त्रको बैठकले मन्त्रालयको भागबण्डा गरेसँगै नयाँ मन्त्रीहरु नियुक्त गर्ने र सपथ गराउने काम अघि बढ्ने भएको हो।
सहमति अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एमालेको भागमा परेको छ। एमालेले सांसद पदम गिरीलाई स्वास्थ्य मन्त्री बनाउने भएको छ। गिरी गत प्रतिनिधि सभा निर्वाचनमा पर्वतबाट निर्वाचित सांसद हुन्।
स्वास्थ्य मन्त्री एमालेको भए पनि राज्यमन्त्री भने राष्टिय स्वतन्त्र पार्टीबाट आउने सम्भावना रहेको छ।