काठमाडौं- माघ १ गते विद्यालयमा योग दिवस मनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ। केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईलाई सबै विद्यालयमा माघ १ गते राष्ट्रिय योग दिवस मनाउन समन्वय गर्न निर्देशन दिएको हो।
‘स्वस्थ्य जीवनको चाहना: योग शिक्षा र साधना’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउनका लागि शिक्षा विकास तथा समन्वय इकाइलाई समन्वय गर्न निर्देशन दिएको हो।