अछाम- स्वास्थ्य कार्यालय अछामले तथ्यांक सुद्धीकरणको अभियान थालनी गरेको छ। अछाम जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारसंगै हरेक पालिकाको तथ्यांक सुद्धीकरणका लागि स्वास्थ्य कार्यालयले यो कार्यलाई अभियानकै रुपमा अघि बढाउने भएको हो।
तथ्यांकसंगै रिपोर्टिङमा समेत सुधारका लागि जिल्लाका दशै पालिकामा गएर त्यस क्षेत्रका समस्याका विषयमा छलफल गरी समाधान खोजेर प्रभावकारी रिपोटिङ तथा तथ्यांक बनाउन उद्देश्यले यो अभियानलाई अघि बढाईएको स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए।
तथ्यांक, रिर्पोटिङ लगायतका स्वास्थ्यका विषयमा यसअघि पनि यसप्रकारको कार्य भए पनि यसपटक यसलाई जिल्लाभर नै अभियानकै रुपमा अघि बढाउन खोजिएको उनले बताए। यस वर्ष सकभर सबै पालिकामा यो कार्य गर्ने लक्ष्य भए पनि पहिलो चरणमा ३ पालिकामा मात्रै सम्भव हुन सक्ने उनले बताए। अधिकृत ढुंगानाका अनुसार त्यसपछि क्रमश अरु पालिकामा समेत यो कार्यलाई अघि बढाईनेछ।
जसले गर्दा आगामी दिनमा स्वास्थ्यका सबै सुचकहरुमा काम र सेवा अनुसारको रिपोर्टिङ भएको देखिनेछ भने सो क्षेत्रमा कार्यरत कर्मचारीहरु समेत सक्षमहुने विश्वास लिइएको छ। अधिकृत ढुंगानाको नेतृत्वमा एक टोली खटेर पालिकाका हरेक स्वास्थ्य संस्थाको तथ्यांकतथा रिपोटिङं सुधारका लागि अग्रसर भएको छ।
यसको सुरुवात जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाबाट सुरु भएको छ। सो पालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरुको समेत संलग्नतामा पालिकाबाट हुने रिपोटिङ र तथ्यांकलाई कसरी राम्रो र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल तथा अन्र्तक्रिया भएको छ।
पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले अरु कुरालाई थाति राखेर भए पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिक्तामा राखेर काम गर्ने बताएकी छन्। स्वास्थ्य क्षेत्र सबैभन्दा बढी संबेदनशिल क्षेत्र भएका कारण पहिलो प्राथमक्तिामा राखेर अघि बढ्ने उनको प्रतिबद्धता छ।
सेवा दिए अनुसारको रिपोर्टिङ भएको छ या छैन्, तथ्यांक सही छ छैन्, कागजी रुपमा रेर्कड भएका तथ्यांक सही रुपमा ईन्ट्री भएको छ छैन् लगायतका विषयमा जनप्रतिनिधि समेतलाई राखेर स्वास्थ्य शाखाका कर्मचारीहरुबीच छलफल भएको छ।
यसका साथै जिल्लाका दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाको भौतिक अवस्था, कर्मचारी अभावको अवस्था स्वास्थ्य सामाग्री, तथ्यांक तथा रिपोर्टिङको लागि आवश्यक सामाग्री, आवश्यक औषधिलगायतका विषयमा समेत सो क्षेत्रका जनप्रतिनिधिलाई जानकारी गराईएको छ। यी सबै कुराको सुधारका लागि जनप्रनिधिलाई समेत आग्रह गरिएको स्वास्थ्य प्रमुख ढुंगानाले बताए।