काठमाडौँ- चीनले आइतवारदेखि कोरोना महामारीसम्बन्धी यात्रा नियममा क्वारेन्टिनको अनिवार्य व्यवस्थालाई हटाएको छ।
अब यात्रीका लागि चीनमा प्रवेशअघि क्वारेन्टिनमा रहनु नपर्ने भएको हो।
समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ नागरिकलाई विदेश यात्राका लागि फेरि राहदानी र भिसा दिन सुरु गरेको छ।
यसका साथै विदेशीका लागि समेत सामान्य भिसा र पर्मिट पनि जारी गर्न थालिएको छ।
चीनमा लामो समयदेखि जिरो कोभिड नीति लागु गरिएको छ। तर यसलाई लिएर नागरिकहरु निरन्तर सडकमा उत्रिए। अब नागरिककलाई राहत दिने गरी चीनले अर्थव्यवस्थाको गिर्दो अवस्था सम्हाल्न पनि महामारीको कडा निमय खुकुलो बनाइएको हो।
लगानीकर्ताहरुले सीमाहरुलाई फेरि खोल्न सकेमा चिनियाँ अर्थव्यवस्थालाई पुनर्जीवित गर्न मद्दत मिल्ने बताएका छन्।