काठमाडौं- कोरोना संक्रमण बढेपछि नेपाल वायु सेवा निगममार्फत विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट चाहिने भएको छ। यात्रा गर्दा नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड १९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न निगमले अनुरोध गरेको छ।
विदेशमा कोरोना संक्रमण बढेपछि नेपालमा पनि सावधानीका उपाय अपनाउन थालिएको छ। हाल अमेरिका , चीन लगाएतका देशमा कोभिड बढेको छ।