काठमाडौ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक ठाउँमा समायोजन भइ अर्को ठाउँमा कार्यरत स्वास्थ्यका कर्मचारीहरुको विवरण पठाउन निर्देशन दिएको छ।
शुक्रबार विभाग, महाशाखा, अस्पताल र केन्द्रहरूला एक पत्रमार्फत मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भएका तर संघ मातहतका निकायमा नै काम गरिरहेका र संघमा समायोजन भइ प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको विवरण माग गरेको हो।
सचिव स्तरीय निर्णय गरी मन्त्रालय मातहतका निकायमा पत्र पठाउँदै यथाशीघ्र विवरण पठाउन भनिएको छ।