नयाँदिल्ली- सड़क दुर्घटनामा घाइते भएका भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तको स्वास्थ्यमा सुधार आएको छ। उनलाई आईसीयूबाट प्राइभेट स्विटमा सिफ्ट गरिएको छ।
समाचार एजेन्सी एएनआईले संक्रमणबाट जोगाउन उनलाई प्राइभेट स्विटमा सारिएको जनाएको छ। उनी शुक्रबार दुर्घटनामा परेका थिए। अहिले देहरादुन अस्पतालमा उपचाररत छन्।
पन्तलाई उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भेटेर कुराकानी गरेका छन्। यस्तै अभिनेता अनिल कपुर र अनुपम खेरले पनि भेटेका छन्।
अहिले भने भेटघाटमा प्रतिबन्ध लगाइएको छ। उनलाई संक्रमणबाट जोगाउनका लागि अस्पतालले कडाइ गरेको हो। उनी क्रिकेटमा फर्किन सक्ने वा नसक्ने कुरा अझै स्पष्ट भइसकेको छैन।