अछाम- पछिल्लो ४ महिनाको अवधिमा अछाम जिल्लामा ८० जनाक्षयरोगका बिरामी पत्तालागेका छन्।
आर्थिक वर्ष २०७९/८० को श्रावण देखि कार्तिक सम्मको तथ्यांकअनुसार जिल्लामा ८० जना नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्।
गतआर्थिक बर्षमा अछाम जिल्लामा १ सय ८१ जना क्षयरोगका बिरामी फेला परेका थिए।
यस्तै मलेरियाका १० जनानयाँ बिरामी समेत यस आर्थिक बर्षमा फेला परेका छन्। अघिल्लो आर्थिक वर्षमा मलेरियाका समेत १ सय ८१ जना बिरामी थिए।
गत आर्थिक वर्षमा अछाम जिल्ला ५७ जनालाई एचआईभी एड्सको संक्रमण रहेको पुष्टी भएको थियो।
सदरमुकाम मंगलसैन र साँफेबगरमाक्षयरोग, एचआईभी र मलेरिया सम्बन्धी आयोजना भएको अभिमुखीकरण कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको थियो।