काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोभिड १९ को नयाँ भेरियन्ट बि.एफ.७ हालसम्म पुष्टि नभएको जनाएको छ।
मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गरी छिमेकी मुलुकहरुमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट बि.एफ.७ हालसम्म पुष्टि नभएको जनाएको हो। इशाई धर्मावलम्बीहरुको महान पर्व क्रिसमस डे तथा अंग्रेजी नयाँ वर्ष २०२३ नजिकिएकाले कोरोनाबाट बच्न सावधानी अपनाउन मन्त्रालयको अपिल छ।
कोभिड १९ को पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि सिमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट नेपाल भित्रने याुहरुको ज्वरो नाप्ने, शंकास्पद व्यक्तिहरुको एन्टिजेन टेष्ट र जीन सिक्वेन्सीङ गर्ने कार्यहरु भइरहेको मन्त्रालयले जनाएको छ।