काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सेवाको १२औं तहको अतिरिक्त स्वास्थ्य सचिव पदमा तीन जनाको नाम सिफारिस गरेको छ। बढुवा समितिको बिहीबार बिहान बसेको बैठकले रिक्त रहेको दुई पदमा तीन जनाको नाम सिफारिस गरेको हो।
बढुवा समितिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा श्रीकृष्ण श्रेष्ठ, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटा र प्रदेश अस्पताल भद्रपुरका डा टंक बराकोटीको नाम सिफारिस गरेको छ। उनीहरुलाई क्रमश: १,२ र ३ नम्बरमा सिफारिस गरेको हो।
सिफारिस समितिले मन्त्रिपरिषदमा पठाएको उक्त नाममध्ये दुई जना १२औं तहमा बढुवा हुनेछन्। १२ औं तहमा बढुवाका लागि २१ जनाले आवेदन दिएका थिए।