काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षाध्यक्षमा प्राडा सञ्जिव शर्मा नियुक्त भएका छन्। डा शर्मालाई बिहीबारदेखि लागू हुने गरी पाँच वर्षका लागि शिक्षाध्यक्षमा नियुक्त गरिएको हो।
शिक्षाध्यक्ष प्राडा गुरुप्रसाद खनालको पदावधि असोज २६ गते सकिएसँगै उक्त पद रिक्त थियो। रिक्त पदमा प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीको सिफारिसमा डा शर्मालाई नियुक्त गरिएको प्रतिष्ठानका सहप्राध्यापक डा चुरामणी पोखरेलले जानकारी दिए।
यसैगरी, प्रतिष्ठानका शिक्षकहरु मध्येबाट उपकुलपति गिरीले स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनका प्राडा निलाम्बर झा तथा माइक्रोबायोलोजी विभागका प्रमुख डा नारायण राज भट्टराईलाई सञ्चालक परिषद् सदस्यमा मनोनित गरेका छन्।