काठमाडौं- चिकित्सा शिक्षा आयोगले लिएको स्नातकोत्तर तह (एमडी/एमएस)को प्रवेश परीक्षामा पर्वतका डा भुपेन्द्र अधिकारीले एक नम्बरमा नाम निकालेका छन्। अधिकारीले नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको छातवृत्तिमा मणिपाल अस्पतालमा एमबीबीएस पढेका थिए। उनले सन् २०१८ मा एमबीबीएसको पढाई सकेका थिए।
एमबीबीएसको पढाई सकेपछि उनलाई स्वास्थ्य मन्त्रालयले तेह्रथुम जिल्ला अस्पतालमा खटाएको थियो। दुई वर्ष तेह्रथुममा काम गरेपछि उनी एमडीको तयारी गरिरहेका थिए। प्रवेश परीक्षामा प्रथम भएपछि अब रेडियोलोजी पढ्ने सोच भएको उनले बताए।
काठमाडौँको गोल्डेनगेट कलेजबाट प्लस टु पढेका उनले एक समय सीए पढ्ने समेत सोच बनाएका थिए। तर मन बदलेर एमबीबीएस पढेको उनी बताउँछन्। कक्षा पाँच सम्म पर्वत नै पढेका उनले त्यसपछिको पढाई कुश्माको नमुना आवासीय माध्यामिक विद्यालयमा गरेका थिए। वि.स २०६५ सालको एसएलसी परिक्षामा उनी अंचल प्रथम समेत भएका थिए।
उनी एमडी कै पढाईको लागि गत वर्ष भारत पनि गएका थिए। 'गत वर्ष मैले एमडी कै लागि भारतमा विदेशी कोटामा परिक्षा दिएको थिएँ। उताएक सेमेस्टर पढेपछि मैले व्यक्तिगत कारणहरुले त्यो छोडेर नेपाल नै फर्किएँ र यतै तयारीमा लागें,' उनले भने।
लामो समयको तयारी रधैर्यतापछिएक नम्बरमा नाम निस्किदा खुसि लागेको उनले बताए।