गर्भावस्था हरेक महिलाको जिवनमा आउने एउटा अमुल्य अनुभूती हो। यस प्रति हरेक महिलाको मनमा खुशी तथा चिन्ता हुनु स्वभाविक हो। आफ्नो गर्भमा रहको बच्चा स्वस्थ्य तथा राम्रो होस, गर्भावस्थाको बेलाको कृयाकलाप तथा खानपानले गर्भभित्रको बच्चालाई अवान्छिन असर नहोस तथा यो समयमा औषधि सेवन गर्दा बच्चामा कुनै असर नपरोस भने चिन्ता सामान्यजसो हरेक महिलामा हुने गर्दछ। गर्भावस्थालाई चिकित्सकीय भाषामा दुई भागमा वर्गिकरण गर्न सकिन्छ, भ्रुर्ण चरण तथा बच्चाको चरण।
नेपालजस्तो विकाशोन्मुख देशमा अझै पनि गर्भवती महिलाहरु गर्भावस्थामा शारीरिक परीक्षण गराउन प्रायजसो पहिलो त्रयमासिकको अन्तिम तिर अर्थात भ्रुण अवस्था कटिसकेपछि आउने गर्दछन् जसले गर्दा यो अवधिमा सेवन गरेको औषधिको नकारात्मक असरहरुको बारेमा जानकारी हुदैन तथा गर्भखेर जाने तथा बच्चामा शारिरिक विकलाङ्गता हुनसक्छ। यसको साथै महिलाहरुलाई यो समयमा सेवन गरेको औषधिको नकारात्मक असर परेको हुनसक्ने डर मनमा हुने भएकोले गर्भपतन गराउने निर्णय सम्म पुग्ने गर्दछन्।
गर्भवती महिलाहरुलाइ गर्भावस्थामा औषधि सेवन गर्नुपर्दा मनमा विभिन्न किसिमको चिन्ता हुने गर्दछ। यसको लागि महिलाहरुमा गर्भावस्थामा प्रयोग गरिने औषधिको बारेमा चेनता हुन आवश्यक छ।गर्भावस्था प्रयोग गरिने औषधि आमालाई हुने फाइदा तथा बच्चामा हुने नकारात्मक असरको तुलना गरिने भएतापनि धेरैजसो औषधिको बारेमा पूर्ण अनुसन्धान हुन सकेको छैन। औषधिहरुको नियमन गर्ने संस्था एफडिएले गर्भावस्थामा प्रयोग गरिने औषधिलाई विभिन्न भागमा बर्गिकरण गरेको छ। यसलाई ए बी सी डी र एक्स नाम दिइएको छ। हाल आएर यो पुरानो बर्गिकरणको साटो नयाँ बर्गिकरण आएता पनि स्वास्थ्यकर्मी बिच पुरानै बर्गिकरण चलन चल्तीमा छ।
१. बर्ग 'ए'
गर्भवती महिलामा परिक्षण गर्दा बच्चालाई कुनै जोखिम नदेखिएको।यो वर्गमा पर्ने औसधि हरु सामान्यतया सुरक्षित मानिन्छ।
२. बर्ग 'बी'
पर्याप्त महिलाहरुमा अनुसन्धान नगरिएको तर जनावरमा प्रयोग गर्दा कुनै जोखिम नभएको।यो वर्गमा पर्ने औसधिहरुपनि सामान्यतया सुरक्षित मानिन्छ।
३. बर्ग 'सी'
जोखिमलाई नकार्न नसकिने तथा गर्भवती महिलामा पर्याप्त अनुसन्धान नभएको तथाजनावरहरुमा अनुसन्धान गर्दा अवान्छित असर देखिएको भए तापनि औषधिको फाइदा जोखिमभन्दा बढी पाइएको।
४ बर्ग 'डी'
गर्भवती महिलामा प्रयोग गर्दा बच्चामा जोखिम देखिएको। गर्भवती महिलामा प्रयोग गर्दा फाइदाभन्दा जोखिम बढी देखिएको।
५. बर्ग 'एक्स'
चिकित्सकहरुले आवश्यक परेको खण्डमा माथि उल्ललेखित वर्गिकरण जेजस्तो भनेपनि गर्भवती महिलाको स्वास्थ्यलाइ उच्च प्राथमिकतामा राखेर औषधिको सल्लाह दिने गर्छन। यद्दपि गर्भवती महिलाहरुलाई आवश्यक जानकारी दिनुपर्ने देखिन्छ। साथैकुनै पनि औषधि स्वास्थ्यकर्मीको सल्लाहविना सेवन गर्न नहुने कुराको पूर्ण जानकारी गराउन आवश्यक छ।
(लेखक प्रादेशिक अस्पताल भद्रपुर, झापाका स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्।)