काठमाडौं– निर्वाचन आयोगले बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना गर्ने निर्णय गरेको छ। आयोगको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो। स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट पूर्व स्वास्थ्यमन्त्री पद्मा अर्याल र कांग्रेसका धनराज गुरुङ प्रतिस्पर्धामा छन्।
दुवै जिल्लामा बुथ कब्जा भएको भन्दै पुनः मतदानको माग गरिएको थियो। स्याङ्जा( २ मा कांग्रेसले बुथ कब्जा गरेको भन्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणना गर्न दिएका थिएनन्।
बाजुरामा भने दुवै पक्षले एकअर्कालाई बुथ कब्जाको आरोप लगाएका थिए। कांग्रेसले धेरै ठाउँमा र एमालेले केही ठाउँमा बुथ कब्जा गरेको आरोपसहित निर्वाचन आयोगमा उजुरी गरिएको थियो।