काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र माताहतका निकायको वार्षीक समीक्षा गर्न सुरु गरेको छ। मन्त्रालयको आयोजनामा भक्तपुरमा दुई दिने समीक्षा गोष्ठि हुने छ।
वार्षीक समीक्षाको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले सबै इमान्दार भएर काम गरे धेरै उपलब्धी हासिल हुने बताए। उनले राजनीतिज्ञ र कर्मचारीले मिलेर काम गरे स्वास्थ्यमा प्रगती हुने कुरामा जोड दिए।
मन्त्रालयमा काम गर्दाको अनुभव साट्दै उनले कर्मचारीहरुलाई फाइल धेरै नघुमाउन र नयाँ आउने मन्त्रीलाई सुझाव दिएर अगाडि बढ्न पनि आग्रह गरे।
मन्त्री खापुङले उपचार तथा जनस्वास्थ्यका न्यूनतम सेवा सुविधा अझै मुलुकका सबै स्थानमा पुग्न नसकेको बताए। उनले क्यान्सर, मुटु, मृगौलामा हुने रोगमा उपचार पाउन सामान्य नागरिकहरु बन्चित रहेको अवस्था देखिएको बताए।
समीक्षा गोष्ठिमा स्वास्थ्य सचिव डा रोशन पोखरेलले यो समीक्षाले विगतका कमीकमजोरी सच्याउँदै आगामी दिनमा अगाडि बढ्न मार्ग निर्देश गर्ने बताए। उनले कोभिड महामारीमा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको प्रशंसा गरे।
राष्ट्रिय योजना आयोगका सदस्य उमाशंकर प्रसादले यो समीक्षाबाट आएका निष्कर्ष कसरी १६औं योजनामा समावेस गर्न सकिन्छ भन्ने विषय महत्वपुर्ण भएको बताए।
कार्यक्रमा विकास साझेदार संस्थाका प्रतिनिधी नुर पन्त, मन्त्रालयका अतिक्त सचिव, डा संगिता मिश्र, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंह, विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, केन्दीय तथा प्रादेशिक सचिवहरु, मुलुकभरका विभिन्न संघीय अस्पतालका प्रमुखहरु तथा विकास साझेदार संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित थियो।