पूर्ण आयुवान स्त्रिपुरुष सामान्य जीवन निर्वाह गरिरहँदा पनि एक वर्षसम्म गर्भ प्राप्ति गर्न नसक्नुलाई नै बन्ध्यत्व भनिन्छ। यसमा महिला या पुरुष अथवा महिलापुरुष दुवै व्यक्तिमा विकार (कमि) हुनसक्छ तर, हामी यहाँ स्त्री बन्ध्यत्वको बारेमा कुरा गर्दैछौँ।
सामान्यतय बन्ध्यत्व एउटा रोग हो र यो रोगले हाम्रो जीवनमा ठुलो प्रभाव पार्छ। यसले शारीरिक, मानसिक, सामाजिक, पारिवारिक तथा ,भावनात्मक सबै पक्षहरुलाई बिथोल्छ। त्यसैले एउटा महिलाको जिवन कालमा मातृत्व सुख पाउनु एकदमै महत्वपूर्ण उद्देश्य हुन्छ। अहिलेको परिवेशलाई अध्ययन गर्दा सानै उमेरदेखि असुरक्षित सम्बन्धमा परेर जथाभावि गर्भनिरोधक औषधिको प्रयोगले बन्ध्यत्वको समस्या देखिने भएको छ।
गर्भको लागी छ घटकद्रव्यहरू चाहिन्छ जसलाई षड्भाव पनि भनिन्छ। ति हुन्,
क) आत्मज
ख) मातृबिज
ग) पितृबिज
घ) सात्म्य
ङ) रस द्रव्य
च) सत्व
षड्भाव अन्तर्गत गर्भाशय एवं मार्गको शुद्धता, बीज अथवा शुक्र या शोगित, अम्बु अर्थात सामान्य पोषक रसहरू, हृदय वा मानसिक स्थिति सामान्य हुनु तथा वायु सामान्य हुनु आवश्यक छ।
आयुर्वेदअनुसार बन्ध्यत्वको कारणहरु निम्न हुन्:
१) योनिप्रदोष: महिलाको रचनात्मक घटकमा र आगन्तुक विकारको कारणले हुने योनिप्रदोष निम्न हुन्:
-योनिव्यापद
-आतंवबर स्रोत वेद्य
-योनि अर्श
-गर्भकोष भंग
-भग- संकोच
-स्फालित
२) मानसिक अभिताप (तनाव): पति-पत्निको मानसिक अवस्थाले गर्भाधानमा अत्यन्त्यै प्रभावपछि गर्भाधानको लागि हृदयको शुद्धता पनि आवश्यक हुन्छ। मनमा चिन्ता, भय, क्रोध, शोक राखेर गर्भधारण गरियो भने गर्भ कित असाधारण हुन्छ कित गर्भाधान नै हुँदैन।
३. शुक्रदोष: पुरुष शुक्रसँगै शुक्रस्रावको विकार देखियो भने गर्भधानमा बाधा आउँछ। षड्भावमा वर्णन गरिएको पितृज भावद्वारा नै गर्भ रहन्छ त्यसैले यसमा दोष भएको भए पनि गर्भाधान हुँदैन।
४. असृगदोष (स्त्रिबिज): स्त्रिविज, रजःस्वलाको समय हुने रक्तसाव नै स्त्रिबिज हो र यसमा देखिने विकार अथवा दोषले गर्दा गर्भाधान संभव छैन्।
५.आहारदोष: आहारले शीरलाई रुष्टपूष्ट राख्नुको साथै स्वस्थ पनि बनाउन मदत गर्छ। त्यसैले यसको असन्तुलनले विभिन्न रोगव्याधिहरू ल्याउँछ। आहारको विषमताले शरीरको पोषणलाई प्रभावित गरी धातुक्षय गराउँदछ जुन अंगरस बन्नमा सहायक हुन्छ। त्यसैले पोषणरस गर्भाधानको लागि आवश्यकहुन्छ।
आहाररस-दोष निम्न तिन प्रकारका छन:
(क) धातुक्षयद्वारा अङ्गरसहरुलाई प्रभावित पार्नु।
(ख) दोषलाई प्रकुपित बनाई धेरै रोगव्याधि लगाउनु।
(ग) गर्भको प्रारम्भिक पोषणलाई प्रभावित गर्नु।
६.विहारदोष: असामान्य बिहार अथवा वेग धारण आदिले दोष प्रकुपित भई अनेक व्याधिहरू विशेषगरी योनिजनक हुनाले गर्भधान बाधक बन्छ:
क) दोष प्रकुपित गरेर अनेक व्याधि उत्पन्न गर्नु।
ख) शुक्रको उचित स्थानमा उत्सर्ग नहुनाले शुक्राणुको प्रवेशमा वाधा हुनु।
७. अकाल योग: ऋतुकाल बितिसकेपछि हुने सम्बन्धले गर्भाधान हुँदैन।
८.बल संक्षय: बल हिनताले गर्दा सामान्य गर्भाधान गर्नसक्ने आयुमै गर्भाधान नहुनु।
९.आत्मदोष: अज्ञात कारण अथवा पूर्वजन्मको कर्म स्वरूप आउने आत्मा विकारको कारणले गर्भाधान नहुनु।
१०.जातहारिणीद्वारा विकृति: अज्ञात कारणले वा दैवि व्यापतिको कारण अङ्गरसहरूको न्यूनताले हुने बन्ध्यत्व
११. दैविप्रकोप: अज्ञात कारणले नहुने गर्भाधान।
चरकसंहिताअनुसार बन्ध्यत्व तिन प्रकारको हुन्छन्:
क) बन्ध्या: जन्मजात गर्भाशय तथा आर्तव नहुनुले उत्पन्न बन्ध्या
ख) अप्रजा: कारण विशेषले गर्दागर्भधारण गर्न नसक्ने र त्यो कारणलाई चिकित्सा आदिद्वारा ठिक गर्न सक्ने अवस्था
ग) सप्रजा: जुन स्त्रिलाई एउटा अथवा एक भन्दा बढी सन्तान प्राप्ति पश्चात गर्भाधानगर्न सक्ने आयु भएर पनि गर्भाधान गर्न नसक्ने अवस्था।
चिकित्सा :
वन्ध्यत्वको कारण पत्ता लगाई सो व्याधी अनुरूप औषधि, आहार विहार गर्नुपर्छ, किनभनेगर्भाधानको लागि योनि शुद्ध हुनु आवश्यक छ। निदान परिवर्तन, मिथ्या आहारविहार, अकाल योग, मानसिक तनाव आदिको त्याग बलात्र वा धातुदायलाई हटाउन व्रतबंधक वा व्रहण द्रव्यहरूको प्रयोग गर्नुपर्दछ। स्नेहन, स्वेदन, वमन, विरेचन तथा आस्थापन बस्ति एवं अनुवासन बस्ति सबैको क्रमशः उपचार गरेपछि मधुरोपधि सिद्ध क्षिर तथा धृतले पुष्टl गर्नुपर्छ तथा सात्म्यताको पालना गर्नुपर्छ।
पंचकर्म
बन्ध्यत्व कारण
१ वमन कर्म
२ विरेचन कर्म
३ नस्यकर्म
४ आस्थापन वस्ति
5 अनुवासन वस्ति
६ उत्तर वस्ति
पुंसवनकर्मको लागि वर्णन गरिएको सबै औषधिहरू गर्भ प्राप्तिको लागि उपयोगि भएकोले त्यसको पनि प्रयोग गर्न सकिन्छ।
केहि औषधिहरू जुन बन्ध्यत्वमा लाभप्रद छन, ति हुन्,
अश्वगन्धा चुर्ण, कपिकच्छु, गुडुचि, गोक्षुर, त्रिफला चूर्ण, फलघृत (बाह्य र आन्यातर प्रयोग) दशमूलारिष्ट, अशोकारिष्ट
आयुर्वेदले प्रत्येक व्यक्तिको प्रकृति तथा प्रणालीलाई बाह्य तथा भित्रि तर्फबाट पुष्ट बनाएर शरीरको सबै पक्षलाई सुदृढ बनाउने भएकोले बन्ध्यत्वमा यसको प्रयोग गर्नु राम्रो हुन्छ।