काठमाडौं- अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपको मुखैमा घाइते भएका छन्। विश्वकप सुरू हुन दुईसाता मात्रै बाँकी रहँदा उनी घाइते भएको सीएनएनले जनाएको छ।
उनको पिँडुला सुन्निएकाले चिकित्सकले आराम गर्न सुझाएको मेसी आवद्ध फ्रान्सेली क्लब पेरी-सेन्ट-जर्मन (पीएसजी)ले जनाएको छ। ‘लिओ मेसीको पिँडुला सुन्निएकाले उनलाई सावधानी अपनाउन भनिएको छ।
उनी केही दिन उपचारमा रहनेछन्,’ पीएसजीको वक्तव्यमा उल्लेख छ।
मेसीले यो विश्वकप अर्जेन्टिनाका लागि ट्रफी भित्र्याउने अन्तिम मौका रहेको बताइसकेका छन्। उनी घाइते भएको खबरले अर्जेन्टिनाका समर्थकमा निरासा छाएको छ।