काठमाडौं- पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी घाइते भएका छन्।
गुजरावालाको अल्लाहवाला चोक नजिकै र्यालीमा रहेका उनीमाथि गोली प्रहार भएको हो। घटनामा अरु ३/४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।
घाइते हुनेमा पाकिस्तान तहरीक-ए-इन्साफका नेता फैसल जावेद पनि छन्।
पाकिस्तान तहरीक-ए-इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको छ।