काठमाडौं- नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोमबार घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा स्वास्थ्यका १५ बुँदा उल्लेख छन्।
'गाउँ-गाउँमा अस्पताल, स्वास्थ्यमा समाजवाद' भन्ने मुल नाराका साथ माओवादी केन्द्रले विभिन्न १५ बुँदे प्रतिबद्धता जनाएको हो।
स्वास्थ्य क्षेत्रको सेवालाई जनमैत्री, वैज्ञानिक र प्रभावकारी बनाउन एकीकृत राष्ट्रिय स्वास्थ्य गुरूयोजना बनाई लागु गरिने केन्द्रले प्रतिबद्धता जनाएको छ।
यस्तै हरेक पालिकामा आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न गरी दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गरिने, प्रदेशस्तरमा ठुलो क्षमताका विशिष्टीकृत सेवाका अस्पतालहरु निर्माण र सञ्चालनमा जोड दिइने तथा पहिले देखि नै सञ्चालनमा रहेका अस्पतालहरुको क्षमता विस्तार तथा आधुनिकीकरणको कार्य अघि बढाइने घोषणापत्रमा उल्लेख छ।
घोषणापत्रमा स्वास्थ्य क्षेत्रको सेवालाई जनमैत्री, वैज्ञानिक र प्रभावकारी बनाउन एकीकृत राष्ट्रिय स्वास्थ्य गुरूयोजना बनाई लागु गरिने केन्द्रले प्रतिबद्धता जनाएको छ।
माओवादी केन्द्रले स्वास्थ्यमा समाजवादको अवधारणा कार्यान्वयनमा ल्याउने पनि जनाएकाे छ। 'स्वास्थ्य क्षेत्रमा राज्यको लगानी र भूमिका वृद्धि गरी सबैले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवस्था सिर्जना गर्न स्वास्थ्य क्षेत्रको सेवालाई जनमैत्री, वैज्ञानिक र प्रभावकारी बनाउन एकीकृत राष्ट्रिय स्वास्थ्य गुरूयोजना बनाई लागु गरिने छ।' प्रतिबद्धतामा भनिएको छ।
उपचारका लागि विदेश जानु नपर्ने र विदेशी नागरिक समेत उपचारका लागि नेपाल आउने वातावरण निर्माण गरिने उक्त दलले प्रतिबद्धता जनाएको छ।
सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रम, औषधि उद्योग तथा जडीबुटी प्रशोधन केन्द्रहरुको पुनर्संरचना गरी प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय औषधि उत्पादन हुने व्यवस्था, १०० वा सो भन्दा बढी शय्या भएका अस्पतालहरुमा बालबालिका तथा जेष्ठ नागरिकहरुको उपचारको लागि छुट्टै एकाइ तथा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्ने माओवादी केन्द्रले प्रतिबद्धता जनाएको छ।

'साप्ताहिक ४० घण्टा भन्दा बढी अवधि सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा प्रदान गरिने छ,' घोषणापत्रमा भनिएको छ, 'आम नागरिकमा चिकित्सा सेवाको लागि डाक्टरहरुको सङ्ख्या बढाउँदै अस्पतालहरुमा एम्बुलेन्स, ल्याब तथा सघन उपचार सेवा विस्तार गरिने छ।'
पूर्णपाठ: