मानसिक पुनर्स्थापना भनेको कुनै पनी मानसिक समस्या भएका बिरामीहरुलाई घरमा हेरचाह गर्न नसकिने अवस्थामा एक वा एक भन्दा धेरै प्रयासहरु गरी फेरि समुदायमा पुनर्मिलन गराउन गरिने प्रयत्न हो। मानसिक पुनर्स्थापना जस्तै अरु रोगीहरुलाई पनि पुनर्स्थापना चाहिन्छः जस्तै हड्डीको रोगहरु, टाउकोको चोटपटकहरुमा, मांसपेसी समबन्धी रोगहरु, लागुऔषध दुर्वेसनी, रक्सीको कुलतबाट छुटकारा पाउन। नेपालमा मानसिक पुनर्स्थापना अभावका कारणले गर्दा मानसिक बिरामीहरु पनि लागुऔषध तथा रक्सीको लत लागेका बिरामीहरुसँगै राखेर उपचार गर्न बाध्य छन्!
मानसिक पुनर्स्थापना केन्द्रहरुमा निम्न कामहरु गरिन्छ !
१. मानसिक डाक्टरको परामर्श
२. मनोपरामर्स
३. योगा
४. मानसिक औषधिको लगातार प्रयोग
५. बानीव्यहोरा समबन्धी क्रियाकलापहरु
६. अन्य क्रियाकलापहरु जस्तै
मानसिक पुनर्स्थापना किन आवश्यक छ
१. मानसिक तनाव घटाउन: मानसिक समस्याहरु विभिन्न तनावहरु सन्तुलन गर्न नसकेर हुने भएकाले मानसिक पुनर्स्थापना केन्द्रहरुले बिरामीहरुलाई कसरी मानसिक तना सन्तुलन गराउने भनेर सिकाउँछन।
२.मानसिक समस्याहरु समयमै पत्ता लगाएर निराकरण गर्न: मानसिक पुनर्स्थापना केन्द्रमा भर्ना गरेर बिरामीहरुको वास्तविक रोगको पहिचान गर्नलाई डाक्टर, मनोबिद, मनोपरामर्शदाता, नर्स तथा अन्य स्वास्थकर्मीहरुको नियमित हेरविचारमा समयमा नै उपचार गराउनलाई मद्दत गर्दछ।
३. रिस नियन्त्रण गर्न: मानसिक समस्याहरु विभिन्न रिस सन्तुलन गर्न नसकेर हुने भएकाले मानसिक पुनर्स्थापना केन्द्रहरुले बिरामीहरुलाई कसरी रिस सन्तुलन गराउने भनेर सिकाइन्छ।
४. निद्राको लागि: मानसिक समस्याहरु विभिन्न तनावहरु तथा अनिद्राको कारणले हुने भएकाले यस्तो समस्या भएका बिरामीहरुलाई मानसिक पुनर्स्थापना केन्द्रहरुले बिरामीहरुलाई कसरी मानसिक तनाव तथा निद्रा सन्तुलन समबन्धी औषधि, योगा तथा मनोपरामर्श गराई राम्रो निद्राको लागि सहयोग पुर्याउँछ।
५. ध्यान नियन्त्रण गर्न: मानसिक समस्या भएका मान्छेहरु कुनै पनि कुरामा ध्यान दिन नसक्ने र दैनिक कामहरु पुरा गर्न नसक्ने हुनाले मानसिक पुनर्स्थापना केन्द्रहरुले बिरामीहरुलाई कसरी ध्यान नियन्त्रण गर्ने तथा दैनिक कार्यहरु पुरा गर्ने भनेर सिकाउँछन।
६. बानी व्यहोरा सुधार्न: मानसिक समस्याहरु भनेकै बानी व्यहोरामा असर पर्ने भएकाले मानसिक पुनर्स्थापना केन्द्रहरुले बिरामीहरुको बानी व्यहोरा सुधार्नको लागि उनीहरुले सिपहरु सिकाउने कामहरु गर्दछन।
७.लगातार मानसिक रोगको औषधि प्रयोग गराउन: मानसिक समस्याहरु भएका व्यक्तिहरु आफू बिरामी नभएको भन्ने र लगातार औषधि प्रयोग नगर्ने भएकाले मानसिक पुनर्स्थापना केन्द्रहरुले बिरामीहरुलाई भर्ना गरेर लगातार मानसिक रोगको औषधि प्रयोग गराउने र भविष्यमा डाक्टरको सल्लाह अनुसार खाईराख्ने बनाउन सहयोग गर्दछन्।
(मनोविद् पाण्डे रिलाइफ़ वेलनेस नेपाल प्रालिमा कार्यरत छन्।)