काठमाडौं- गोरखा अस्पतालका मेडिकल अफिसर डा अविनाश पराजुलीलाई कार्यकक्षमै कुटपिट गर्ने तीन जना पक्राउ परेका छन्। उनीहरु शनिबार गोरखा बजारबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखा नगरपालिका ९ बस्ने २८ वर्षका समीर कुँवर, सोही ठाँउका १९ वर्षका अनुप बस्नेत र गोरखा वडा नं ३ का २६ बर्षीय प्रमोदजंग कुँवर रहेका छन् ।
उनीहरुले गत ६ कात्तिकका दिन ओपिडीमा काम गरिरहेका डा पराजुलीमाथि कार्यकक्ष भित्रै घुसी कुटपिट गरेका थिए। अस्पतालले उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो।
प्रहरीले उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यलयमा अभद्र व्यवहारमा मुद्धा दर्ता गरेको छ। सार्वजनिक बिदा सकिएपछि म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले जानकारी दिए।
गत आइतबार दिउँसो एक महिला ओपीडीमा थाइराइडको परीक्षणका लागि पुगेकी थिइन्। रिपोर्ट चिक्तबुझ्दो नभएको भन्दै डा पराजुलीलाई कुटपिट भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन हरिकुमार श्रेष्ठले जानकारी दिए।