काठमाडौं- आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि देशका विभिन्न स्थानमा चिकित्सकहरूले प्रत्यक्ष तर्फबाट उम्मेदवारी दिएका छन्।
उम्मेदवारी दिने चिकित्सकहरु मध्ये केहीले राजनीतिक दलबाट नै टिकट पाएका छन् भने केही स्वतन्त्र उम्मेद्धार हुन्।
राजनीतिक दलबाट चितवन क्षेत्र नं ३ मा माओवादी केन्द्रबाट डा भोजराज अधिकारीले उम्मेदवारी दिएका छन्। साथै, काठमाडौं क्षेत्र नं ५ मा राप्रपाको तर्फबाट प्राडा रामप्रसाद उप्रेती, स्याङ्जा २ ख मा नेकपा एमालेबाट डा बुद्धिमान श्रेष्ठले उम्मेदवारी दिएका छन्। त्यस्तै, सप्तरी ३ मा हाम्रो नेपाली पार्टीबाट डा नविन मण्डल, रौतहट १ मा राष्ट्रिय जनमत पार्टीबाट राजेन्द्रप्रसाद साह, महोत्तरी ४ मा जसपाबाट डा सुरेन्द्र कुमार यादव, रौतहट २ मा नेपाली कांग्रेसबाट डा फिर्दोस आलम र पर्सा ३ ख मा जसपा बाट डा मधु गुप्ताले उम्मेदवारी दिएका हुन्।
त्यस्तै, स्वतन्त्रबाट उम्मेदवारी दिनेहरुमा ललितपुर ३ बाट डा तोशीमा कार्की, ललितपुर २ बाट सुदीन शाक्य, रुपन्देही २ बाट डा निकोलस भुसाल, बारा १ बाट राकेश न्यौपाने, बाँके २ ख बाट डा बिनोद कर्ण, सुनसरी २ बाट डा फडेन्द्र साह, सप्तरी १ बाट डा रोहित पोखरेलले र सिराहा ३ ख बाट डा प्रविन यादव रहेका छन्।