काठमाडौं- आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ र राज्यमन्त्री हिराचन्द्र केसीले उम्मेदवारका लागि टिकट नै पाएनन्।
नेकपा एकीकृत समाजवादी पार्टीले उनीहरु दुवैलाई टिकट नदिएको हो। खापुङ तेह्रथुमका हुन् भने केसी दाङका। टिकट नपाउने पक्का भएपछि मन्त्री खापुङ र केसी दुवैले यो पटक नउठ्ने भन्दै आइरहेका थिए।
स्वास्थ्य मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीका रुपमा दुवैको काम सन्तोषजनक नभएको भन्दै मन्त्रालयका कर्मचारीले आलोचना गर्दै आइरहेका छन्।