काठमाडौं- चितवन मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई सरकारले तोकेभन्दा बढी लिएको रकम फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको इजलासले दुई अस्पतालले पीसीआर परीक्षणमा लिएको बढी रकम फिर्ता गर्न निर्देशन दिएको छ। २ वर्षअघि दर्ता भएको मुद्दाको अहिले टुङ्गो लागेको हो।
चितवन मेडिकल कलेजले ३ हजार ५ सय २३ जनासँग लिएको ५ सय बढी रकम अर्थात् १६ लाख ६१ हजार ५ सय फिर्ता गर्न भनिएको छ। सरकारले २ हजार लिन पाउने भने पनि उक्त अस्पतालले २ हजार ५ सय रूपैयाँ लिएको थियो।
त्यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि बिरामीबाट सरकारले तोकेभन्दा ५ सय बढी लिएको थियो। उसले २ हजार ५ सय जनाबाट लिएको १२ लाख ५० हजार रूपैयाँ फिर्ता गर्नूपर्ने भएको छ।