काठमाडौं- नेपाल चिकित्सक संघको चुनाव माघमा हुने भएको छ। निर्वाचन कार्यतालिका अनुसार उपत्यका बाहिर माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र चुनाव हुने भएको छ।
नेपाल चिकित्सक संघ, निर्वाचन नियमावली २०७० (संशोधन सहित) को परिच्छेद ४ को उपदफा ९ बमोजिम संघको कार्यकारिणी समितिका पदाधिकारीहरुमा (अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सह सचिव, सह कोषाध्यक्ष) मा उम्मेदवार हुन चिकित्सक संघको सदस्यता लिएको अवधि ७ वर्ष पुगेको हुनुपर्नेछ। यस्तै सदस्यहरुका लागि संघको सदस्यता लिएको अवधि चार वर्ष पुगेको हुनु पर्नेछ।
संघका शाखा कार्यालयहरुबाट सदस्यता लिएका मतदाताहरुले निर्वाचन समितिले तोकेको मिति, समयमा शाखाको मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाईएको छ। कुनै मतदाताले मतदान केन्द्र परिवर्तन गर्न चाहेमा मतदान हुने एक महिना अगाडि निर्वाचन समिति समक्ष निवेदन दिनुपर्ने संघले जनाएको छ।
संघको शाखा कार्यालयमा रहेका मतदात केन्द्रबाट मतदान गर्ने मतदाताले विशेष परिस्थितिले छुट भएमा केन्द्रीय कार्यालयको मतदान केन्द्रबाट मतदानको लागि निवेदन दिन सक्नेछन्।
चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७ (प्रत्येक प्रदेशबाट १-१ जना), महासचिव १, कोषाध्यक्ष १, सह-सचिव १, सह-कोषाध्यक्ष १ र सदस्य ६ जना गरी १९ जनाकाे लागि निर्वाचन हुनेछ। यस्तैर नेपाल चिकित्सक संघ परिषद् सदस्यका लागि ६० जनाको लागि निर्वाचन हुनेछ।
निर्वाचनमा सहभागी हुन चाहनेले चिकित्सकहरुले मंसिर १७ गते भित्र नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय वा शाखा कार्यालयहरुमा आजीवन सदस्यता लिएको हुनु पर्नेछ। संघका शाखा कार्यालयहरुले मंसिर १८ गते भित्र सदस्यहरुको नामावली निर्वाचन समितिको कार्यालयमा पठाई सक्नु पर्नेछ। सो पछि प्राप्त नामावलीलाई निर्वाचनमा सहभागी गराईने छैन।
हेर्नुहोस संघको कार्यतालिका: