काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका दुई कर्मचारीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतका डा श्रीराम तिवारी र डा विश्वबन्धु बगालेको सरुवा गरेको हो।
डा तिवारी गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव थिए। उनलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ। यस्तै डा बगालेलाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा पठाइएको छ। यसअघि उनी किटजन्य रोग अनुसन्धान केन्द्रमा निर्देशक थिए। डा बगालेलाई केही समयअघि भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरिए पनि उक्त सरुवा रोकिएको थियो।
निर्वाचन आचारसंहिता लागू भए पनि सरकारले कमर्चारी सरुवा भने रोकेको छैन। डा तिवारी र डा बागलेसहित सामान्य प्रशासन मन्त्रालयले ९ जना सहसचिवको सरुवा गरेको छ।