काठमाडौं- दाङमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारारत घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको सोमबार बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
मृतक महिला डेंगु संक्रमित भएर सोमबार बिहान नै प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन्।
दाङमा पछिल्लो समय डेंगुका विरामी बढ्दै गएका छन् ।