काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको नेपाल नर्सिङ संघ इकाई समितिले प्रतिष्ठानलाई १६ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ।
प्रतिष्ठानमा कार्यरत सम्पूर्ण नर्सिङ कर्मचारी तथा शिक्षकहरूको पेशागत हकहित, मौलिक अधिकार, सेवा सुविधा र सुरक्षाको प्रत्याभूतिको माग गर्दै प्रतिष्ठान व्यवस्थापनलाई पत्र बुझाएको हो।
पत्रमा नर्सिङ पेसालाई प्राविधिक सेवा सुविधा सहितको समुहमा समायोजन गर्न,कर्मचारी तथा शिक्षकहरूको खाईपाई आएको सुविधाहरू लागु गर्न, कोरोनाको महामारीमा खटिएका नर्सहरुको सरकारले तोकेबमोजिम जोखीम भत्ता उपलब्ध गराउन लगायत आवास सुविधा, विद्युत आपूर्ति, खानेपानि आपूर्ति र सिसिटिभी लगायतका १६ बुंदे माग गरेका छन्।
यी मागहरू तत्काल सम्बोधन नभए समिति कडा भन्दा कडा संघर्षमा जाने समेत पत्रमा लेखिएको छ।