काठमाडौं- नेपालमा दर्ता नभएका गैरनेपाली व्यक्तिहरुले आफूलाई आयुर्वेद विज्ञ वा आयुर्वेद चिकित्सक भन्दै सामाजिक सञ्जालमा भामक प्रचार गरिएको भन्दै आयुर्वेद चिकित्सा परिषद्को ध्यानाकर्षण भएको जनाएको छ। परिषद्ले यस्तो कार्य नगर्न नगराउन विज्ञप्तिमार्फत अपिल गरेको छ।
यस्तो कार्य गर्ने लाई कानूनी कारबाही गर्ने परिषदको चेतावनी छ।'यस्तो कार्य नगर्न-नगराउन हुन साथै सो सम्बन्धि काम गरेको वा गराइएको पाइएमा ऐन र प्रचलित नियम कानून बमोजिम हुने व्यहोरा सम्बन्धित सवैलाई जानकारी गराइन्छ।' जारी विज्ञप्तिमा भनिएको छ।
साथै परिषदमा दर्ता भएका जनशक्तिहरुले मात्र आयुर्वेद चिकित्सा सेवा प्रदान गर्न परिषदले आग्रह गरेको छ।