काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रारमा सुर्य संग्रौला नियुक्त भएका छन्। उनलाई प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले नियुक्त गरेका हुन्।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको चाहना अनुसार संग्रौलालाई रजिष्ट्रारमा नियुक्त गरिएको बताइएको छ। संग्रौला नेपाली कांग्रेस नेतृ डिला संग्रौलाका श्रीमान हुन्।
प्रतिष्ठानका तत्कालिन रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले विवाद आएपछि राजनीनामा दिएका थिए। उनको राजीनामा गत भदौ २४ गते स्वीकृत गरेका थिए। त्यसयता रजिष्ट्रार पद रिक्त थियो।
यसैगरी, प्रतिष्ठानको अस्पताल निर्देशकमा डा जगत प्रसाद नियुक्त भएका छन्। यसअघि उनी अस्पतालका सहायक निर्देहक थिए।
यस्तै, प्रतिष्ठान सिनेट सदस्यमा डा ज्ञानेन्द्र मल्ल र डा स्मृती कार्की पनि मनोनित भएका छन्।